रास्वपा वेबसाईटमा बालेन्द्र शाह ‘आउट’ !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय पदाधिकारी र सदस्यहरूको मनोनीत प्रक्रिया पूरा नहुँदै आफ्नो आधिकारिक वेबसाइट अपडेट गर्दै बालेन शाहको नाम र पद नराखी वरियताक्र्म सार्वजनिक गरेको छ।
रास्वपाले चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सभापति रवि लामिछाने,उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम,महामन्त्री विपिन आचार्य सहित पदाधिकारी र केन्द्रीय सदस्यको वरियताक्रम सार्वजनिक गरेको हो।
महाधिवेशन सम्पन्न भएको एक महिना पुरा हुनै लाग्दा पनि केन्द्रीय पदाधिकारी र सदस्यहरूको मनोनीत प्रक्रिया भने टुंगिएको छैन । सुरुमा मनोनीत र निर्वाचित सबैलाई एकैपटक शपथ गराउने तयारी भए पनि शीर्ष नेताबीच सहमति जुट्न नसक्दा मनोनीत प्रक्रिया पछि धकेलिएको हो ।
मनोनीत प्रक्रिया लम्बिने देखिएपछि हालका लागि निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम मात्रै वेबसाइटमा राखिएको रास्वपाका एक केन्द्रीय सदस्यले बताए ।
सार्वजनिक वरियताक्रममा सदस्यमा सबैभन्दा माथी परराष्ट्र मन्त्री रहेका शिशिर खनाल छन् । त्यसपछि क्रमशः महाधिवेशनमा प्राप्त मतलाई आधार बनाएर वरियता तोकिएको देखिन्छ।यद्यपि त्यसमा केही संस्थापक र सिनियर नेता पछि परेका छन् । निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी १३ औं स्थानको वरियतमा पुगेका छन् ।

