नियमित सेवामा फर्किए डा. अधिकारी

चितवन, १३ मंसिर । गएको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका डा भोजराज अधिकारी चुनावमा पराजित भएसँगै नियमित काममा फर्किएका छन् ।

राप्रपका विक्रम पाण्डेसँग पराजित भएर उपविजेतामा सीमित डा अधिकारी भरतपुरस्थित पुष्‍पाञ्‍जली अस्पतालबाट बिरामी परीक्षण सेवालाई निरन्तरता दिएका हुन् ।

नेकपा (माओवादी केन्द्र) बाट चितवन क्षेत्र नम्बर ३ को टिकट पाएपछि बिरामी परीक्षणको कामलाई थाँती राखेर डा. अधिकारी निर्वाचनमा होमिएका थिए । उनले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट समेत राजीनामा दिइसकेका थिए ।

निर्वाचनको समयमा अस्पताल बाहिर रहेका अधिकारीले अब नियमित बिरामी चेकजाँचको काममा फर्किएको र स्वास्थ्य सेवा मार्फत् राजनीतिमा सक्रिय रहने बताएका छन् ।

कार्यतालिका बनाएर स्वास्थ्य टोली लिएर गाउँगाउँमा गएर उपचार नपाएकाहरुलाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउने लगायतका कार्य गर्ने डा.अधिकारीको योजना रहेको छ ।

पराजित भए पनि आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवामा लागिरहने उनले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय