माओवादीको खाता खुल्यो
परेवान्युज
काठमाडौं, ७ मंसिर । राजधानी काठमाडौंमा शुन्य भएको नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट प्रतिनिधि सभामा खाता खोलेको छ ।
सिन्धुली-२ बाट उम्मेदवार रहेका लेखनाथ दाहालले माओवादी केन्द्रको लागि यो पहिलो जित निकालेका हुन् । माओवादीको तर्फबाट संघीय संसदतर्फ निर्वाचित हुने दाहाल पहिलो व्यक्ति हुन् ।
दाहाल ६ हजार १ सय मतान्तरले निर्वाचित भएका हुन् । उनले २७ हजार ५ सय १७ मत पाए भने नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाएका थिए ।

