चितवन २ मा रवि पुनः दोस्रोमा उक्लिए, कालिकामा मत बढ्दै

चितवन, ६ मंसिर । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । हालसम्म ११४८० मत गन्दा पोखरेलले ३७३८ मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा उक्लिएका छन् । उनले ३५२७ मत पाएका छन् भने नेपाली काँग्रेसका उमेश श्रेष्ठ ३३६२ मतसहित तेस्रो स्थानमा छन् ।
अहिले कालिका नगरपालिका वडा नं १ को मतगणना भइरहेको छ । कालिका १ मा रविले फराकिलो अग्रता बनाएका छन् । रविले ५०० बढी मत प्राप्त गर्दा उमेशले १४९ र पोखरेलले ११५ मत पाएका छन् ।

