मुस्ताङमा एमाले शून्य

परेवान्युज

मुस्ताङ, ५ मंसिर । नेकपा एमालेले मुस्ताङको सबै सिट गुमाएको छ । २०७४ को चुनावमा एमालेले एकलौटी जितेको मुस्ताङ यसपटक नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्र जितेको छ।

एक प्रतिनिधि सभा र दुबै प्रदेश सभा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जित्ने सबै ४० बर्ष भन्दा कम उमेरका युवा छन् । मुस्ताङबाट प्रतिनिधि सभामा २९ वर्षका योगेश गौचन थकाली विजयी भए । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई हराएका हुन्। तुलाचन यसअघिका सांसद हुन् ।

थकालीले ३ हजार ९ सय ९३ मत ल्याएर जित्दा तुलाचनले ३ हजार ७८ मत ल्याए । यसैगरी प्रदेश सभा (क) मा कांग्रेसका ३३ वर्षका नम्डु गुरूङ विजयी भए । उनले १ हजार ४८ मत ल्याए भने एमालेका उम्मेदवार इन्द्रधारा विष्टले ७ सय ९३ मत ल्याए । बिष्ट पनि यसअघिका सांसद हुन् ।

प्रदेश सभा (ख) मा पनि कांग्रेसकै ३९ वर्षे उम्मेदवार बिकल शेरचन विजयी भए । उनले २ हजार ७ सय २३ मत ल्याए भने एमालेका उम्मेदवार चन्द्रमोहन गौचनले २ हजार पाँच सय ६५ मत ल्याएका थिए। गौचन पनि निवर्तमान सांसद हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय