प्युठानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

प्युठान, २३ कात्तिक । प्युठानमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको हो ।

मृत्यु हुनेमा प्युठान नगरपालिका–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्ती रहेका छन् । गम्भीर घाइते ६ जनालाई बुटवल रिफर गरिएको छ भने ६ जना घाइतेको बिजुवार अस्पतालमा उपचार भइरहेको छ ।

रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...