महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा

एजेन्सी, १६ असार । भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।

बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् ।

सामाजिक सन्जालमा लाइभ भिडियोमार्फत् उनले आफू शिवसैनिकहरुको रगत बगोस् भन्ने नचाहेकोले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै गरेको बताएका थिए ।

ठाकरे भारतको शिवसेना प्रमुखसमेत हुन् । त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए ।

ठाकरेले विधान परिषदको सदस्यबाट पनि राजीनामा दिने बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...