एक्लिए देउवा !

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दुई छुट्टाछुट्टै कार्यतालिका सार्बजनिक भएको छ। सभापति गगन थापाले असोज १६ गतेदेखी १९ गतेसम्म १५ औं महाधिवेशन गर्नेछ। उता पूर्वसभापति शेरबहादुर देउवा समूहले चाहिँ मंसिरमा महाधिवेशन गर्नेछ।

एउटै पार्टीको दुई महाधिवेशनलाई लिएर संस्थापन र देउवा पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला देउवा समूहकै प्रभावशाली नेताहरू सानेपा फर्किएका छन् । विगतमा देउवालाई साथदिएका धेरैले गगन रोजेपछी देउवा लगभग ‘एक्लै’ भएका छन् ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशन पछि पार्टी केन्द्रीय कार्यालय सानेपासँग दूरी बनाउँदै आएका नेताहरूले चुनदेवीमा पार्टी कार्यालय खोलेर धुम मच्चाउँदै थिए तर, त्यो धेरै समय टिकेन। अहिले चुनदेवी कार्यालय छाडेर सानेपा जानेको लर्को छ। गगनले सानेपाको ढोका खुल्ला गरेपछि चुनदेवी सुनसान बन्दैछ।

आफैंले विश्वास गरेका नेताहरू एकपछि अर्को गर्दै सानेपा पुगेपछि देउवालाई  ठूलो ‘धोका’ भएको देखिन्छ। गत साउन २८  गते नेपाल फर्केका देउवाले ‘सभापति’ कै नेमप्लेट लगाएर बसेका थिए । उनलाई चुनदेवी गुटले १४ औं महाधिवेशनकै निरन्तरता स्वरुप सभापति मानिएको थियो। तर, अहिले तिनै नेताहरू गगन थापा नै सभापति हो भन्दै सानेपा पुगे।

संस्थापन पक्षसँग असन्तुष्टि जनाउँदै चुनदेवीमा सम्पर्क कार्यालय स्थापनादेखि पूर्वसभापति देउवाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका नेताहरू नै सानेपा बैठकमा सहभागी भए । देउवा पक्षमा रहेका पूर्व पदाधिकारीहरु डिना उपाध्याय,उमेश श्रेष्ठ,महेन्द्र यादव,जीवन परियार सहित प्रभावशाली नेताहरू बालकृष्ण खाड,ज्ञानेन्द्रबहादुर कार्की,मीन विश्वकर्मा,नैनसिंह महर,श्याम घिमिरे सबै सानेपा बैठकमा सहभागी भैसकेका छन् ।

त्यतिमात्र होइन देउवा बिरामी हुँदा कार्यबाहक सभापति भएर पार्टी हाक्ने पूर्णबहादुर खड्का सहित उनको पुरै टिम सानेपा फर्किएको छ। यद्यपि खड्काले देउवाको साथ छाडेपनी सानेपामा उपस्थित छैनन् । अब देउवासँग शशांक कोइराला, प्रकाशमान सिंह ,कृष्ण सिटौला,बिमलेन्द्र निधि,प्रकाशशरण महत,रमेश लेखक,एनपी साउद,कुन्दनराज काफ्ले,मोहनबहादुर बस्नेत,दिपक खड्का र कान्छाराम तामाङ मात्रै बाँकी छन् ।

सभापति गगनकुमार थापा र विश्वप्रकाश शर्माहरु विशेष महाधिवेशनको पक्षमा उभिइरहेका बेला विशेषको बिरोध गर्दै देउवाको पक्षमा खुलेर उभिएका नेताहरू नै संस्थापन पक्षको बैठकमा सहभागी भएपछि देउवाले अब कसरी शक्ति आर्जन गर्नेछन् त ? वा देउवा आफैं सानेपा तर्फ मोडिने छन् ? यो चाहिँ अबको केही दिनमै स्पष्ट हुनेछ।

सभापति गगन थापाले असोज ४ देखि वडा अधिवेशन हुनेगरि निर्वाचन तालिका ल्याइसकेका छन् । देउवा समूहले असोज १५ मा वडा अधिवेशन राखेको छ। त्यसैले असोज ४ को अधिवेशनमा छुट्नु भनेको देउवा समूह अलग्गिनु हो।  वडा अधिवेशन सम्पन्न भएपछि सहमतिको सम्भावना पनि लगभग सकिन्छ। वडा अधिवेशन गरिसकेपछि सहमति जुटाउन थप अफ्ट्यारो हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • एक्लिए देउवा !

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दुई छुट्टाछुट्टै कार्यतालिका सार्बजनिक भएको छ। सभापति गगन थापाले असोज १६...

  • भोटेकोसी बाढी : एक हजार ४१० शव फेला

    काठमाडौं । भोटेकोसी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय...