रसुवा बाढी: धादिङका ७९ सम्पर्क विहीन 

धादिङ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी नीलकण्ठ नगरपालिकाका २३ जना रहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सम्पर्कविहीन हुनेमा रुबीभ्याली गाउँपालिकाका १३, धुनीबेँसी नगरपालिकाका १०, बेनीघाट रोराङ गाउँपालिकाका आठ, गल्छी गाउँपालिकाका सात तथा थाक्रे र सिद्धलेक गाउँपालिकाका ६/६ जना रहेका छन् ।

त्यस्तै गजुरी गाउँपालिकाका दुई, नेत्रावती डबजोङ गाउँपालिकाका दुई तथा गङ्गाजमुना र ज्वालामुखी गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ पौडेलले जानकारी दिए । बुधबार गएको बाढीले धादिङमा पाँच पक्की पुल र १२ झोलुंगे पुलमा क्षति पुर्‍याएको छ । जिल्लामा हालसम्म २५ शव फेला परेको छ । तीमध्ये २० शव व्यवस्थापनका लागि पोखरा पठाउने तयारी भइरहेको उनले बताए ।

बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गसँग सदरमुकाम धादिङबेँसीको सडक सम्पर्क प्रभावित बनेपछि सवारीसाधन सञ्चालनका लागि वैकल्पिक मार्ग मर्मतसम्भारको काम भइरहेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार राजमार्ग क्षेत्रमा अवरोध हटाउने तथा सडक मर्मतको काम जारी रहे पनि तत्काल पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आउन सकेको छैन । प्रभावित सडक तथा फुर्केखोलामा बेलिब्रिज सञ्चालनका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको उनले जानकारी दिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • आज जनैपूर्णिमा

    देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...

  • रसुवा बाढी: धादिङका ७९ सम्पर्क विहीन 

    धादिङ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी...