निशा सुनार हत्याको भित्री कथा : ‘जाने हो ?’ देखि ‘हत्या’ सम्म !

 

काठमाडौँ नयाँ बसपार्कस्थित गेस्टहाउसको कोठा नम्बर ४०४ मा भएको धनगढीकि निशा सुनारको हत्या दैलेखका रमेश बुढाले गरेको खुलेको छ।

धनगढी  घर भई माछापोखरी बस्ने २५ वर्षीया निशा सुनुवारको शव  होटलको बेड्मुनी भेटिएको थियो। उनको हत्यापछि  त्यसै बेडमा अभियुक्त रमेश र उनको साथीले रात बिताएको र अर्को दिन अन्य पाहुना समेत सुतेका थिए। तर,बेड मुनी निशाको शव छ भन्ने चाहिँ रमेश बाहेक अरुलाई थाहा थिएन । रमेशकै साथिको पनि निशा हत्यामा सङ्लग्नता नभएको देखिन्छ।

पोखराबाट दैलेख घर फर्कँदै गर्दा १ लाख रुपैयाँ लिएर काठमाडौं आएका रमेशले नयाँ बसपार्कमा निशालाई भेटेको र संगै रात बिताउन होटल गएको देखिन्छ। रमेशले पनि त्यही भनिरहेका छन् । होटल पुगेपछि रमेश नुहाउन बाथरुम गएकोबेला निशाले १ लाख चोरी गरेर फरार भएको र भोलिपल्ट रमेशले पुनः भेष बदलेर खोज्दै गर्दा निशा भेटिएपछि होटल लगेको देखिन्छ।

त्यसपछि पैसा चोरीको कुरामा लफडा हुँदा रमेशले आफूले लगाएको कम्मरको पेटीले घाँटी कसेर हत्या गरेको र शवलाई पलङभित्र लुकाएर फरार भएक अनुसन्धानबाट खुलेको छ।

‘जाने हो ?’ देखि १ लाख ‘चोेरी’

पोखरामा काम गर्दै आएका दैलेखका रमेश बुढा असार ३१ गते १ लाख रुपैयाँ बोकेर घर फर्किन बालाजुस्थित नयाँ बसपार्क ओर्लिएका थिए। उनले घरमा फोन गरेर ” म पैसा लिएर आउँदैछु”  समेत भनिसकेका थिए।

बसपार्कको मूल सडकमा हिँड्दै गर्दा उनलाई २५ वर्षीया निशा सुनुवारले “जाने हो?” भनेर संकेत गरिन् । दुबैको कुरा मिलेपछि उनीहरु नजिकै होटलमा पुगे। कोठामा छिर्नेबित्तिकै निशाले “तपाईं नुहाएर आउनुस्”  भनेपछि रमेश बाथरुम छिरे। तर, रमेश नुहाउन भित्र छिर्नेबित्तिकै निशाले बाहिरबाट बाथरुमको चुकुल लगाइदिइन् र रमेशको झोलामा रहेको १ लाख लिएर भागिन्। उनले कोठाको ढोका समेत बाहिरबाट लगाइदिइन।

रमेश बाथरुमबाट निस्कदा निशालाई नदेखेपछी झोला हेरे। त्यहाँ  न पैसा थियो, न त निशा ! घर जाने रकम नै लुटिएपछि रमेश आक्रोशित बने। त्यसपछि उनी निशा खोज्न अघिकै रोडतिर निस्किए। निशालाई भेट्न सकेनन् ।त्यसपछि आफ्ना साथी दानबहादुर शाहीलाई फोन गरेर घटना सुनाए। त्यसपछि दानबहादुरले बसपार्ककै अर्को गेस्टहाउसको कोठा नम्बर ४०४ बुक गरेर बसेका थिए। रमेश त्यहीँ बसेर साथीसँग बियर र खाना खाएपछि उनी पैसा चोर्ने युवतीको खोजीमा बालाजु बसपार्क,माछापोखरी वरिपरि गल्लीहरूमा भौंतारिए।

भोलिपल्ट  मास्क लगाएर पुन: रमेश निशाको खोजिमा निस्किए। उनले निशालाई भेट्टाए पनि। माक्स लगाएकोले निशाले उनलाई  चिनिनन र नयाँ मुर्गा फेलापर्‍यो भनेर होटल पुगिन। होटल पुगेपछि रमेशले माक्स खोले अनि निशाले भनिन् -‘ए तँ पो होस् ?’
त्यसपछि १ लाखको कुरा निस्क्यो। निशाले पैसा दिनुको साटो उल्टै रमेशलाई बियरको बोटलले हानिन। त्यसपछि रमेशले पेटि निकालेर निशाको घाँटीमा कसिदिए। निशाको मृत्यु भयो। त्यसपछि शवलाई पलङमुनी राखेर बसे। त्यो कुरा साथी दानबहादुरलाई पनि भनेनन् । बेलुकी दानबहादुर फर्केपछि सँगै सुते। तर, निशाको शव त्यहीँ भएको कुरा दानबहादुरले पत्तो पाएनन् ।
भोलिपल्ट उनीहरुले कोठा छाडेर बाटो लागे। त्यही अरु गेष्ट आएर बसे। उनीहरुले पनि निशाको शव भएको पत्तो पाएनन् । त्यसपछि कोठा सफा गर्न होटल कर्मचारी गएपछि गन्ध आएर हेर्दा मात्रै युवतीको शव देखियो। प्रहरीलाई खबर गरेपछि आएर सिसिटिभी हेरेपछि मात्रै युवती होटलमा गएको देखियो तर, निस्केको देखिएन। त्यो कोठा दानबहादुरको नाममा बुक भएकोले पहिले उनी निगरानीमा परे। भोलिपल्ट बस्ने गेष्टलाई पनि प्रहरीले निगरानीमा राख्यो। तर, घटना घटाउने रमेश हो भन्ने पत्ता लागेपछि अरु छाडिए। रमेशले घटना स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय