बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

लेखनाथ। बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा भएको छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ ।
प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० मिनेट १६ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै फेवा डुंगा ब्यवसायि समितिको सन्तमाया जलारीको टिमले प्रथम स्थान हासिल गर्यो भने फेवाकै उषा गुरुङको समुहले २० मिनेट ४९सेकेण्डमा उक्त दुरी पार गर्दै दोस्रो स्थान र दिलसुभा गुरुङको समुहले २१ मिनेट १७ सेकेण्डमा सोही दुरी पार गर्दैै तृतिय स्थान हासिल गरेको हो । नानुमाया जलारीको समुहले २१ मिनेट ४१ मिनेटमा उक्त दुरी पार गरि सान्त्वना स्थानमा ठाउँ बनाएको छ ।
यस्तै पुरुष तर्फको १५ सय मिटर दुरीको दौडमा फेवा डुंगा ब्यसायी संगठनका चन्द माझीको समुहले २४ मिनेटमा उत्त दुरी पार गरि प्रथम स्थान हासिल गरेको छ भने फेवाकै सुदर्शन मगरको समुहले २५ मिनेट ४६ सेकेण्डमा उत्त दुरी पार गरि द्धितिय, दिपक मगरको समुहले २६ मिनेट १४ सेकेण्डमा सो दुरी पार गरि तृतिय स्थान हासिल गरेको छ । पुरुषतर्फको सान्त्वना पुरस्कार भने २६ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार गर्दै राजु जलारीको समुहले हात पारेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा भएको डुंगा दौड प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुन सफल टिमले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार तथा सान्त्वनाले ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा पुरुष तर्फ २६ र महिला तर्फ नौ टिमले सहभागीता जनाएका थिए । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले यस किसिमका प्रतियोगिताले यस क्षेत्रको पर्यटन प्रर्बद्धनमा सकारात्मक भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

