विश्वकप उद्घाटनमा बलिउड अभिनेत्री नोराको धमाका !

आज राति क्यानडामा हुने फिफा विश्वकप-२०२६ को उद्घाटन समारोहमा बलिउड अभिनेत्री नोरा फतेहीले आफ्नो धमाकेदार प्रस्तुति दिने भएकी छन्।

नेपाली समय अनुसार राती सवा ११ बजेदेखि क्यानडाको टोरन्टो रङ्‍गशाला (बिएमओ फिल्ड) मा शुरु हुने फिफा विश्वकपको उद्घाटनमा नोराको विशेष प्रस्तुति हुने जनाइएको छ। खेलको औपचारिक उद्घाटन समय भने राति १२:४५ बजे तोकिएको छ।

विश्वकप २०२६ का खेलहरू सञ्चालन हुने टोरोन्टोको आधिकारिक रंगशाला बीएमओ फिल्ड (BMO Field) हो। तर, फिफाको नियम अनुसार कर्पोरेट नाम प्रयोग गर्न नमिल्ने भएकाले प्रतियोगिता अवधिभर त्यसलाई ‘टोरोन्टो रंगशाला’ (Toronto Stadium) नाम दिइएको छ।

यसअघि नोरा फतेहीले फिफा विश्वकप २०२२ को समापन समारोह तथा टी-२० विश्वकप २०२६ को उद्घाटन समारोहमा पनि प्रस्तुति दिएकी थिइन्।

अब उनी फुटबल र क्रिकेट दुवै विश्वकपको उद्घाटन समारोहमा प्रस्तुति दिने पहिलो तथा एकमात्र बलिउड कलाकार बन्ने छिन्।

फिफा विश्वकप २०२६ को उद्घाटन अमेरिका, मेक्सिको र क्यानडामा एकै साथ शुरु हुनेछ। तिन वटै स्थानमा अलग-अलग कलाकारहरुले प्रस्तुति दिनेछन्।

मेक्सिकोमा हुने उद्घाटन सत्रमा नोराका साथै बङ्गलादेशी मूलका अमेरिकी डिजे सञ्जय, माइकल बुब्ले, एलानिस मोरिसेट, एलेसिया कारा, एलियाना, जेसी रेयेज, वेजिड्रिम, विलियम प्रिन्सलगायतका कलाकारको पनि प्रस्तुति रहने बताइएको छ।

फिफा विश्वकप २०२६ को ज्वरो शुरू

विश्वकप इतिहासमा आजसम्मकै सबैभन्दा ठूलो विश्वकप यो हुनेछ। यसका आयोजक देशहरू क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिका (USA) छन् । पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन्। त्यसैगरी खेलजो समयावधि ११ जुन २०२६ देखि १९ जुलाई २०२६ सम्म (कुल ३९ दिन) हुनेछ। जसमा ४८ टिम सहभागी हुनेछन् । २०२२ मा जम्मा ३२ टिम सहभागी थियो। कुल खेल संख्या १०४ (ग्रुप स्टेजमा ७२ + नकआउट स्टेजमा ३२) हुनेछ।
विश्वकपको फाइनल खेल भने १९ जुलाई २०२६ मा अमेरिकाको New York/New Jersey Stadium) मा हुनेछ।
खलको नयाँ फर्म्याट यस्तो छ :
१२ ग्रुप मा ४-४ टिम (ए देखि एल सम्म)।
प्रत्येक टिमले ग्रुप स्टेजमा ३ खेल खेल्नेछ।
क्वालिफाई कसरी हुन्छ ?
प्रत्येक ग्रुपबाट टप २ टिम (कुल २४) सीधै Round of ३२ मा।
८ उत्कृष्ट तेस्रो स्थानका टिम पनि अघि बढ्नेछन्।
कुल ३२ टिम नकआउट स्टेज (Round of 32) मा जानेछन्।
नकआउट: Round of 32 → Round of 16 → क्वार्टरफाइनल → सेमिफाइनल → फाइनल।
यो फर्म्याटले धेरै खेल र बढी रोमाञ्चकता दिनेछ। ग्रुप ड्र डिसेम्बर २०२५ मा भएको थियो र मार्च २०२६ सम्म सबै ४८ टिम कन्फर्म भइसकेका छन्।
योग्यता
कुल ४८ स्लट: ३ आयोजक (Canada, Mexico, USA) + ४५ क्वालिफाई गर्ने टिम।
नयाँ टिमहरू: Cape Verde, Curaçao, Jordan, Uzbekistan ले पहिलो पटक विश्व कप खेल्नेछन्।

महत्वपूर्ण तथ्यहरू
यो अहिलेसम्मको सबैभन्दा ठूलो विश्व कप हुनेछ (टिम संख्या, खेल संख्या र अवधिका हिसाबले)।
खेलको समय नेपाल/भारतमा मुख्यतः राति वा बिहान पर्नेछ (समयको फरकका कारण)।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय