काँग्रेस, एमाले र माओवादीसहित काठमाडौं ३ मा स्वतन्त्रको उम्मेदवारी [तस्वीरहरु]

काठमाडौं, २३ असोज । काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ मा सत्ता गठबन्धनको मुख्य दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले अबै पदमा एकल उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनमा सहमति भएर प्रदेशको एउटा क्षेत्र माओवादी केन्द्रलाई दिने सहमति भएपनि अन्तिम समयमा गठबन्धन भित्रका काँग्रेस र माओवादी दुवैले उम्मेदवारी दर्ता गराए ।

नेपाली काँग्रेसले काठमाडौं-३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे, प्रदेशसभा (क) मा छिरिङ दोर्जे लामा र प्रदेशको (ख)मा बिमल ठकुरीलाई उम्मेदवारी दिन लगाएको छ ।

यसैगरी नेकपा एमालेबाट प्रतिनिधि सभामा कृष्ण राई, प्रदेश सभा(क) मा चन्द्रमान लामा र प्रदेश (ख)मा रामेश्वर फुयालले उम्मेदवारी दर्ता गराए । त्यसैगरी माओवादी केन्द्रले प्रतिनिधिसभामा बद्री बजगाइ, प्रदेशसभा(क) मा कपिल उप्रेती र प्रदेश (ख)मा महेश्वर फुयाललाई उम्मेदवार बनाएको छ । उनीहरु सबैले निर्वाचन आयोगको कार्यालय गोकर्णेश्वर पुगेर आयोगले तोकेको समयमै उम्मेदवारी दर्ता गराएका हुन ।

मुख्य दलबाहेक पनि यो क्षेत्रबाट प्रतिनिधिसभामा सिके राउत नेतृत्वको नेपाल जनमत पार्टीबाट भक्त क्षेत्री, स्वतन्त्रबाट श्रीकृष्ण ज्योति, निरन्जन पुडासैनी, दिपेन लामा, विष्णुदेवी पुडासैनीलगायतले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी रवि लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका दलले समेत उम्मेदवारी दिएका छन् ।

काठमाडौं-३ मा उम्मेदवारी दर्ताको रौनक तस्बिरमा हेर्नुहोस् :

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय