नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा बोल्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण पूरा गरी अधिकृत बनेका क्याडेटहरूलाई बधाई तथा शुभकामना दिएका हुन् ।

उनले मातृभूमि र जनताप्रति समर्पित भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । साथै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनभित्र रही सधैं कर्तव्यप्रति सचेत रहनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री शाहले फरक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै सक्षम र एकीकृत टोली निर्माण गर्न नवआयुक्त अधिकृत सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उनले उत्कृष्ट क्याडेटहरूलाई खुकुरी र छडी प्रदान गर्दै सम्मान गरे। सो समारोहमा १८३ जना क्याडेटले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय