माघमा १० हजार ३२३ जनाले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा १० हजार ३२३ जनाले पाथीभराको दर्शन गरेका छन् ।

माघमा १८ लाख ४७ हजार ५०० भेटीघाटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । यसअघि, पुस महिनामा पाँच हजार ९११ जनाले पाथीभराको दर्शन गरेका थिए ।

चिसो घट्दै गएकाले भक्तजनको संख्या क्रमशः बढ्दै गएको समितिले जनाएको छ । समितिले हरेक महिनाको अन्त्यमा भेटीघाटी र दर्शनार्थीको विवरण सार्वजनिक गर्ने गरेको छ । पाथीभरामा भारतसहितका विदेशी दर्शनार्थी आउने गर्छन् । रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...