चौथो आश्रय कप फुटबल प्रतियोगिता सुरु

काठमाडौ। गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा रहेको आश्रय समूहले आयोजना गरेको ‘चौथो आश्रय कप फुटबल प्रतियोगिता-२०८२’ आजदेखि सुरु भएको छ।

लागुऔषध दुर्व्यशनीहरुको सुधार तथा पुनर्स्थापनाको लागी खोलिएको सुधार गृह बीच “चौथो फाइभ ए साइड अन्तर रिह्याब फुटबल प्रतियोगिता २०८२” सुरु भएको हो। गोकर्णेश्वर-१ वीपी चोक स्थित “आश्रय समूह” कै प्राङ्गणमा संचालित प्रतियोगितामा आयोजक आश्रय को दुई टिम सहित मोफसलबाट धरान र बुटवलका एक एक टिम गरि कुल १५ वटा टिम सहभागि छन्।

प्रतियोगिताको उद्घाटन निवर्तमान सांसद एवं अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेले गरेका थिए। उनले यस्ता खेलकुद प्रतियोगिताले शारीरिक एवं मानसिक स्वस्थ सुधार गर्नुको साथै विभिन्न केन्द्रहरु बीच सुमधुर सम्बन्ध समेत स्थापित हुने बताए। खेलकुदले जीवनमा सकारात्मक उर्जा मिल्ने भएकोले यस्ता प्रतियोगिता गर्नुले आफैंमा सामाजिक सचेतना र सद्भाव समेत बढ्ने चालिसेको भनाइ थियो।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक एवम् प्राबिधिक सहयोगमा संचालित प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमश: १ लाख र ५० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन्।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, अनुशासित टिम, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था आश्रय समुहका निर्देशक छिरिङ शेर्पाले जानकारी दिए।

सन् २०१२ मा स्थापना भएको आश्रय समुहले युवाहरू माझ लागु औषध र मादक पदार्थ सेवनको विरुद्ध जनचेतना आयोजना गर्ने हिसाबले विगत ४ बर्षदेखी प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ।

प्रतियोगितामा आज भएको उद्घाटन खेलमा आयोजक आश्रय ‘बी’ ले सानू प्रकाशलाई सुन्यका विरुद्ध ६ गोल गर्दै विजयी सुरुवात निकालेको छ।
“लिग कम नकआउट” को आधारमा खेलाइने खेलको अन्तिम खेल माघ १५ गते हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय