कांग्रेसको आधिकारिक सभापति गगन थापा-निर्वाचन आयोग

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिक सभापति सहित चारतारे झन्डा र निर्वाचन चिन्ह रुख गगनकुमार थापा नेतृत्वको टिमले पाएको छ।
निर्वाचन आयोगले पुस-२७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई नै आधिकारिता प्रदान गरेपछी अब रुख पनि गगनकै समितिले पाएको छ ।
निर्वाचन आयोगको आज दिउँसोदेखि साँझसम्म बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । निर्णय सुन्ने बित्तिकै थापाका समर्थकले खुशी साटासाट गरेका छन् । अब निर्वाचनको टिकटमा गगन थापाकै हस्ताक्षर हुनेछ।
शेरबहादुर देउवा नेतृत्वको समूह पार्टीको नाम र चुनाव चिह्नविहीन बनेको छ । उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ । यद्यपि देउवा पक्षले आयोग र गगन विरुद्ध नाराबाजी गरेको छ। दिउँसो नै पूर्णबहादुर खड्काले आधिकारिकता आफुहरुले नपाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइसकेका थिए।
निर्वाचन आयोगले अब गगन थापा सभापति भएको निर्वाचित कार्यसमितिलाई अद्यावधिक गर्नेछ। गगन थापाले अब १६५ निर्वाचन क्षेत्रमा आफ्नो हस्ताक्षर सहित उम्मेदवारको टुंगो लगाउन पनि बाटो खुलेको छ।

