राष्ट्रियसभामा कांग्रेसलाई ७ सांसद बोनस !

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी आज उम्मेदवारी दर्ता हुँदैछ। हाल राष्ट्रियसभामा रहेका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ।

यसपटकको चुनावमा सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई हुनेछ । रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सांसद मध्य कांग्रेसका कोही पनि छैनन् । कम्युनिस्ट र मधेसवादी दलका सांसदको पदावधि सकिनु र चुनावी तालमेल समेत गरिनुले कांग्रेसलाई तालमेलबाट प्राप्त हुने ७ वटै सिट बोनसमा मिल्ने छ। माघ ११ गते हुने निर्वाचनमा कांग्रेस,एमाले र नेकपा गठबन्धन गर्ने पक्का भएको छ। यसरी गठबन्धन हुँदा सबै सिट जित्ने पनि पक्का छ।

पदावधि सकिन लागेका १९ सिटमध्ये १८ सिटमा मात्रै निर्वाचन हुन लागेको हो। एक सांसद भने राष्ट्रपतिले मनोनित गर्नेछन्। जुन वामदेव गौतमको सिट हो। उस्तै परे त्यो सिट पनि कांग्रेसले नै पाउन सक्छ। किनभने त्यो राष्ट्रपतिले मनोनीत गर्ने सिट हो।

आगामी फागनुदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो।

कार्यकाल सकिन लागेका सांसदमा नेकपाका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसाल छन्।

त्यसैगरि एमालेबाट सांसद बनेका इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसीको कार्यकाल पनि सकिँदैछ।

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको पनि कार्यकाल सकिन लागेको छ।

अबको निर्वाचनमा एमालेले रामकुमारी झाक्री सहितका नेतालाई राष्ट्रिय सभामा पठाउने टुंगो लगाएको छ। माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टी छोडेर एमालेमा भित्रीएकि झाक्रीले सिधै सांसद बन्ने मौका पाएकी हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय