प्रलोपा धरानको अध्यक्ष परिषदमा राई


प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को धरान उपमहानगर समितिको अध्यक्ष परिषदमा सन्जोग राई चुनिएका छन् ।

धरान स्थित ह्वाइट डोभ होटलमा सम्पन्न नगर स्तरीय भेलाले सन्जोग राईलाई धरान नगर समितिको अध्यक्ष परिषदमा चयन गरेको हो। यसैगरी जेनिस राईलाई सचिवको जिम्मेवारी दिइएको छ । पार्टीको बिधान बमोजिम थप अरु दुई अध्यक्ष परिषद पछि थपिनेछ भने नगर समितिका सदस्यहरूमा हेमन राई, अनिल श्रेष्ठ, जगत राई, सुजता राई, सपना बानियाँ, नरेश चौधरी, सुनिता तामाङ, सन्तोष राई, नवराज राई, दुर्गा राई, दिपा राई, वृषिका गजमेर, सुरेन राई र केशब योङहाङ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख वक्ता केन्द्रीय सदस्य शालिक राई, सञ्चालन प्रदेश सदस्य सोमराज सुबेदी र स्वागत केन्द्रीय सदस्य मानिता राई (जाईका वान्तवा)ले गरेका थिए।

कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक अवस्था प्रति जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै पुराना राजनीतिक अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका थिए। अबको राजनीतिमा स्पष्ट नीति, इमानदार नेतृत्व र उत्तरदायी राजनीतिक संस्कार आवश्यक भएको धारणा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी जनताको पक्षमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि बढेको उनीहरुको भनाइ थियो ।
नगर समिति गठनसँगै प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा पुस्ता तथा जेनरेशन जेड (Gen Z) को चासो र आवश्यकतामा विशेष ध्यान दिन थालेको जनाएको छ।
यसै सन्दर्भमा पार्टीले राजनीतिमा पुराना अनुहार र दोहोरिएको नेतृत्वभन्दा माथि उठेर नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिने स्पष्ट नीति लिएको छ । युवालाई केवल नारा र कार्यक्रममा सीमित नगरी नेतृत्व विकास, निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिता र जिम्मेवारी दिने अभ्यासतर्फ पार्टी अग्रसर रहेको बताइएको छ। युवा नेतृत्वले मात्र आगामी दिनमा समाजमा वास्तविक परिवर्तन ल्याउन सक्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय