एमाले अध्यक्षमा ओलीकै निरन्तरता (हेरौं मत सहित)

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको छ। बिहिवार सम्पन्न मतदान र त्यसपछिको गणनामा ओली निर्वाचित भएका हुन् ।

महाधिवेशनमा ओलीले १ हजार ६६३ मत पाए। अध्यक्षका अर्का प्रत्याशी ईश्वर पोखरेलले जम्मा ५६४ मत पाए। जम्मा २२६३ प्रतिनिधिले मतदानमा सहभागी हुन पाएपनी मत भने २२२७ जनाले मात्रै दिएका थिए। एक उम्मेदवार सहित ३६ जना मतदानको समयमा अनुपस्थित रहेका थिए।

महाधिवेशनले महासचिवमा पुनः शंकर पोखरेललाई निर्वाचित गरेको छ। उनले १२२८ मत ल्याएर विजयी हुँदा सुरेन्द्र पाण्डेले ९९९ मत मात्रै पाए।

हिजो बिहानदेखि सुरुभएको मतदान आज बिहानसम्म २२ घन्टा चलेको थियो। मतदानमा सहभागी धेरैले यसपटक मत बदल्ने अनुमान गरिएपनी ओली पक्ष नै हावी भएको देखियो। ओली यसअघि दुई पटक एमाले अध्यक्ष भैसकेका छन् । यो उनको तेस्रो कार्यकाल हो।

एमाले पदाधिकारीको अन्तिम परिणाम
भोट संख्या २२२७

अध्यक्ष
ईश्वर पोखरेल : ५६४
केपि शर्मा ओलि:- १६६३

उपाध्यक्ष
अरुण नेपाल : ४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७
भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
विन्दा पाण्डे :९२१
विष्णु प्रसाद पौडेल : १६७५

महासचिव
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७

सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय