प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आज

काठमाडौं । वामपन्थी,लोकतान्त्रिक र समाजवादी धारको प्रतिनिधित्व गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गरिरहेका र जेन-जी युवाको भावना समेटिएको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा हुने भएको छ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई,पूर्व उर्जामन्त्री जनार्दन शर्मा र सन्तोष परियार समेतको सहभागितामा आज घोषणा हुने पार्टीको नेतृत्व सामुहिक हुनेछ। सुशासन र समृद्धिको चाहना सहित भ्रष्टाचारमुक्त देश बनाउने अभियान सो पार्टीले चलाउने बताइएको छ।

डा.बाबुराम भट्टराई संस्थापक अध्यक्ष रहेको र हाल दुर्गा शोवले नेतृत्व गरेको नेसपा(नयाँ शक्ति), माओवादी नेता जनार्दन शर्मा संरक्षक रहेर सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील अभियान र सन्तोष परियार नेतृत्वको समूहले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभा आज दिउँसो १२:३० बजे काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।

नेतृत्व सामुहिक हुने भनिएको आजको एकता सभामा अध्यक्षता भने सन्तोष परियारले गर्ने बुझिएको छ। परियार यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रमुख सचेतक थिए। उनले रास्वपामा बिद्रोह गरि प्रगतिशील अभियानमा जोडिएका थिए ।

पार्टीको निर्देशक समितिमा भने परियार सहित डा. बाबुराम भट्टराई, जनार्दन शर्मा लगायत रहने तर, केन्द्र र प्रदेशको धेरैजसो नेतृत्व तहमा युवालाई नै जिम्मेवारी दिने तयारी छ । पार्टीको चुनाव चिन्ह आँखा रहने छ। जुन पहिले नेसपा नयाँ शक्तिको चुनाव चिन्ह हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय