बिहानै बाबुरामले कसलाई भने ‘अधम’ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुधबार बिहानै ५ बजेर ४९ मिनेटमा सामाजिक संजालमा नेता लक्षित एउटा सन्देशमुलक सामाग्री पोष्ट गर्दै ‘अधम’ भन्दै कटाक्ष गरेका छन् ।
एउटा अखबारमा ७० बर्ष भन्दा माथिमा नेतालाई नेतृत्व नछाड्ने र लालची भनेर लेखिएको समाचार शेयर गर्दै नेसपा (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका डा.भट्टराईले यस्तो लेखेका हुन् ।
‘देउवा, ओली, दाहाल, नेपाल जो ७० कटेका छन्, जेन-जी विद्रोहपछि पनि पद छोड्न तयार छैनन्, उनीहरूकै ओत लागेर अरू धेरै नेता अझै शासनमा फर्कने आसमा छन्’ भनेर लेखिएको समाचारलाई आफ्नो फेसबुकवालमा शेयर गर्दै बाबुरामले लेखेका छन् -‘भनिन्छ-आफैं जान्ने उत्तम हो। आफुले नजाने पनि अरूले भनेको मान्ने मध्यम हो। आफु पनि नजान्ने र अरूले भनेको पनि नमान्ने अधम हो! को के हो आफै ममः भन्ने कि !’

