देउवा निवासमा अत्यधिक पैसा भेटिएको भ्रम मात्रै-सचिवालय

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा अत्यधिक पैसा भेटिएको समाचार सत्य नभएको देउवाको सचिवालयले बताएको छ।

कांग्रेस सभापति शेरवहादुर देउवाका स्वकिय सचिव भानु देउवाले विज्ञप्ति जारी गरि सो कुरा उल्लेख गरेका हुन् । उनले पानी राख्न बनाइएको अन्डरग्राउण्ड ट्याङ्कीलाई समेत पैसा राख्न बनाइएको भनेर भ्रम छरिएको प्रष्ट्याएका छन् ।

‘पार्टी सभापति शेरबहादुर देउवाको घरमा अत्यधिक पैसा भेटिएको भन्ने दाबी जलेका नोटका दृश्य जोडेर बनाइएका झूटा सामग्री मात्र हुन्’-सचिवालयले भनेको छ।

जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा तोडफोड र आगजनी भएको थियो। सो क्रममा सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवालाई लछारपछार गर्दै आन्दोलनकारीले कुटपिट समेत गरेका थिए । देउवा दम्पतीको नेपाली सेनाले उद्दार गरे लगत्तै आन्दोलनकारीले उनको घर जलाईदिए । त्यहाँ जलेको अवस्थामा नेपाली रुपैयाँ र डलर समेत भेटिएको थियो।

यद्यपि देउवा सचिवालयले पैसाको बारेमा भ्रम फैलाइएको र बदनाम गर्न खोजिएको भन्दै सो कुरा नपत्याउन सर्वसाधारण र नेताकार्यकर्ता समेतलाई आग्रह गरेको छ। विज्ञप्तिमा देउवा दम्पती माथिको आक्रमणलाई निन्दा गर्दै शिघ्र स्वास्थलाभको कामना पनि गरिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय