एमालेमा नेतृत्व बहस, प्रदीप कि योगेश ?

काठमाडौं । नेकपा एमाले पार्टी भित्र अध्यक्ष,बरिस्ठ उपाध्यक्ष,उपाध्यक्षहरु र महासचिव भन्दा बाहेकबाट आगामी नेतृत्व हुनुपर्ने बहस सुरु भएको छ। यसले सबैभन्दा बढी अफ्ट्यारो पुनः अध्यक्षका आकांक्षी केपी शर्मा ओलीलाई पार्नेछ।

त्यसो त एमालेका केही नेताहरूले अहिले नै आन्तरिक रुपमा सर्कुलर गर्दै ‘अध्यक्ष केपी शर्मा ओली सार्वजनिक नहुँदै अध्यक्षबाट हटाऊँ, नत्र चलखेल गर्छन्’ भन्ने सन्देश प्रवाह गरिरहेको समेत खुलेको छ। यसमा सबैभन्दा बढी वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल पक्षधरहरु रहेको बुझिन्छ । यद्यपि यसबारे कुनै सार्वजनिक अभिव्यक्ति वा प्रेस नोट भने जारी भएको छैन।

तर, एमाले भित्र अब ओलीको विकल्प खोज्नुपर्छ भन्ने मत भने सार्वजनिक रुपमै बाहिर आएका छन् । कुनैबेल ओलीका विश्वासपात्र मानिएका गोकुल बाँसकोटाले यसको अगुवाई गरिरहेका छन् । उनी बाहेक नेता कर्ण थापा, उषाकिरण र प्रकाश पौडेलहरु पनि ओलीको विकल्प खोज्ने अभियानमा छन् । वरिष्ठ उपाध्यक्ष पोख्रेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे सहितका नेताले त गतसाता गोदावरीमा सम्पन्न विधान महाधिवेशनमै ओलीको नेतृत्वमा असहमति प्रकट गरेका थिए।

पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षका धेरै नेताले आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन गर्ने तयारी साथ सार्वजनिक रुपमै ओली विरुद्ध अभियान चलाएपनि जेन-जी आन्दोलन पछि त्यसभन्दा पनि फरक परिवेशमा एमाले पुगेको देखिन्छ।

एमालेका एक नेताका अनुसार अब अध्यक्ष ओली मात्रै होइन हाल वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गुरु बराल, विष्णु पौडेल र रामबहादुर थापा तथा महासचिव शंकर पोख्रेल समेतको विकल्प खोज्ने तयारी छ।

उनका अनुसार उपमहासचिव प्रदिप ज्ञवाली वा सचीव योगेश भट्टराई मध्यबाट अबको एमाले नेतृत्व चयन हुनेछ। उपमहासचिव ज्ञवाली ओली पक्षमा खुलेका छन् भने भट्टराई विद्या भण्डारी पक्षमा खुलेका छन् ।

यद्यपि नेतृत्व चयन हुँदा ओली र विद्या भनेर नभै एमाले पार्टी रुपान्तरण गर्न सक्ने व्यक्ति छनोटबाट हुनेछ। हाल एमालेमा उपमहासचिव रहेका पृथ्वीसुब्बा गुरुङ,बिष्णु पौडेल र रघुबिर महासेठमा नेतृत्व गर्न सक्ने परिपक्वता र नेताकार्यकर्ताको विश्वास नभएको भन्दै उपमहासचिव ज्ञवाली र सचीव योगेश भट्टराईबाट अबको नेतृत्व छानिने सम्भावना रहेको निकट स्रोतले बतायो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय