कांग्रेसलाई बलियो बनाउन म सभापति बन्नैपर्ने अवस्था आयो- डा. शशांक

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले पार्टी बलियो बनाउन र बीपी कोइरालाको पालामा जस्तो बनाउन आफू पार्टी सभापति बन्नै पर्ने अवस्था आएको बताएका छन् ।

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बिपी पुत्र डा.शशांकले पार्टीको १५ औं महाधिवेशनमा सभापति उठ्ने संकेत गरे। यद्यपि हिजो मात्रै उनी निकट उर्जामन्त्री दिपक खड्काले अबको पार्टी सभापति शशांक कोइराला हुने खुलासा गरेका थिए।

आजको कार्यक्रममा डा.कोइरालाले आगामी महाधिवेशनबाट सभापति भएर पार्टी बलियो बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा राखेको सुनाए।’तपाईं सबैको सहयोग पाए नेपाली कांग्रेसका नेता कार्याकर्ताले खोजेको नेपाली कांग्रेस बनाएर छाड्छु’- उनले भने।

डाशशांकले अझै अगाडि थपे, ‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु । त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्नुपर्छ । म लाखौ कमाउने मान्छे हो मैले त्यो छोडेर राजनीतिमा आएको हो । मलाई कुनै लोभ छैन् । म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो । बीपी १४ वर्ष जेल बस्नुभयो । पिताजी कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युबरण गर्नुभयो । कृष्णप्रसाद कोइरालाको हजारौ विगाह जमिन थियो । आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युबरण गर्न तयार हुनुभयो । त्यही भएकाले भोलीका दिनमा महाधिवेशनमा मलाई तपाईहरुको सहयोगको अपेक्षा राखेको छु । सहयोग गर्नुहोला म तपाईहरुले खोजेको कांग्रेस बनाएरै छाड्छु ।’

डा. शशांक कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउने केहि आधारहरु पनि प्रस्तुत गरे । उनले नेपाली कांग्रेसको विधानलाई परिमार्जन गर्नुपर्नेदेखि पार्टीलाई एकढिक्का बनाउने र नेता कार्याकर्ताहरुलाई न्याय दिलाउने आधार पनि प्रस्तुत गरे ।

उनले कांग्रेसको विधानमा भएको केहि व्यवस्था गलत रहेको पनि औंल्याए । पार्टी सभापतिको मात्र चुनाव गराउने व्यवस्था गरेर सभापतिलाई पूर्ण अधिकार दिएर काम गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा थियो। ‘बीपी कोइरालाका पालाको विधान कस्तो थियो । समावेशी शब्द उहाँले कहिल्यै प्रयोग गर्नुभएन । मन्त्री बनाउदाको समावेशीता हेरौ केन्द्रीय समिति बनाउदाको समावेशीता हेरौ । विधानमा लेखर मात्र हुन्छ त नेता व्यवहारिक भयो स्वार्थी भएन भने किन विधान चाहियो? -उनले भने-,’केन्द्रका २०–३० जना प्रभावशाली नेताहरुले भाग लगाएर टिकट वितरण गर्दा समस्या भयो। टिकट दिने बेलामा पार्टीको तल्लो तहको रिपोर्टका आधारमा टिकट दिनुपर्छ । पार्टीका तल्ला निकाय बलिया भएमा केन्द्र बलियो हुन्छ । अनि कांग्रेस नै बलियो बन्छ । नेतृत्वमा बस्नेहरुले मेरो कि तेरो मान्छे भनेर बन्न हुन्न । यसो भन्ने वित्तिकै पार्टी भित्रको एकता समाप्त हुन्छ ।’

डा. कोइरालाले नेपाली कांग्रेसको एकता महत्वपूर्ण भएको भन्दै कांग्रेस एकभए कहिल्यै पनि दोश्रो हुन नपर्ने पनि सुनाए।‘हाम्रो इतिहास छ हाम्रो विचार छ । हाम्रा नीति तथा कार्यक्रम बलिया छन् । हामीले थालेको विकासका योजना बलिया छन् । २०४८ सालमा ७ हजार किलोमिटर कालोपत्रे सडक थिए । आज २ लाख किलोमिटिर भएको छ यो कांग्रेसको थालेको विकासका योजना बलिया छन् भन्ने हो’ उनले भने,-‘एउटा विश्वविद्यालयबाट आज २० वटा पुगेका छन् । एउटा मेडिकल कलेज थियो आज ३० वटा पुगेका छन् । हवाई कम्पनीको विकास हेर्नुस मोवाइल हेर्नुस । कांग्रेस भनेको परिवर्तनको पक्षमा रहने जनताको पक्षमा रहने विचार हो भनेर हामीले किन भन्दैनौ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...