एमालेमा कलह : विद्यालाई ‘नो इन्ट्री’

काठमाडौं । नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमालेकै पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी बीचको शक्ति संघर्ष झन् पेचिलो बनेको छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली सहित वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेललाई दायाँबायाँ राखेर बिहीवार भण्डारीले सम्पर्क कार्यालय नै स्थापना गरेपछि एमाले भित्रको आन्तरिक लडाइँ अझै चर्किने पक्का छ। स्व.मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने उदेश्य स्वरुप बानेश्वरको लाखेचौरमा यो कार्यालय स्थापना गरिएको भनिए पनि यहीँबाट विद्या भण्डारीको राजनीतिक भेटघाट सुरु हुनेछ।

सुरुमा यो कार्यालय उद्घाटन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीबाट हुने भनिएपनि पछिल्लोपटक ओलीले विद्यालाई माइनस गर्न थालेपछि स्थितिले नयाँ मोड लिएको हो। एमालेको आगामी २०-२२ भदौमा हुने बिधान महाधिवेशनमा विद्यालाई ‘नो इन्ट्री’ भन्दै सर्कुलर हुनथालेपछि परिस्थिति झन् बिग्रेको हो। भण्डारीको सदस्यता नवीकरण नहुनेदेखि प्रतिनिधि बन्न समेत रोक लगाइएको भन्दै बरिस्ठ उपाध्यक्ष पोख्रेल सहित केही नेताले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

त्यसो त विद्या भण्डारीको सदस्यता नवीकरण र पार्टीमा ७० बर्षे उमेरहदको बिषयमा पार्टी मुख्यालय च्यासलमा धेरैपटक छलफल भएपनी अन्ततः अध्यक्ष ओलीले विद्याको सदस्यता नवीकरण हुनै नसक्ने र भएपनी खारेज गर्ने अडान तेर्साएर पोख्रेल सहितका नेतालाई थप चिढ्याएका थिए।

त्यतिबेला बरिस्ठ उपाध्यक्ष पोखरेलले ओलीलाई नेतृत्व छोड्न सुझाव समेत दिएका छन् । ‘तपाई र म बीचमा कुनै आइडोलोजीको समस्या होइन, छैन, तर तपाईंको शैलीमा समस्या भयो,’ पोखरेलले त्यसबेला भनेका थिए, ‘कार्यकर्ता र जनतासँग गर्ने शैली ठीक भएन, पार्टीभित्र मूल्यांकन गर्ने विधि भएन, त्यसैले अब तपाईले नेतृत्व छोड्नुस् ।’

ईश्वर पोखरेल कडा रुपमा प्रस्तुत भएपछि ओलीले झन् त्यसलाई ‘इगो’ को रुपमा लिएर जवाफ फर्काएका थिए । त्यसपछि अहिलेसम्म आइपुग्दा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई च्यासलको पार्टी कार्यालयको ढोका मात्रै होइन बिधान महाधिवेशनकै ढोका बन्दको अवस्थामा पुर्‍याइदिए। ‘म एमाले नै हुँ’ भन्दै पटकपटक पार्टीमा सक्रिय हुन अपिल गरेपनी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्किन नदिने गरि ओलीले तयारी गरिसकेका छन् । यसले पार्टीमा कलह पैदा गरेको छ।

एमालेले विद्या भण्डारी गएका कार्यक्रममा नजान नेताकार्यकर्तालाई उर्दी जारी गरिरहेको छ भने कुन नेता कहाँ गएर पूर्वराष्ट्रपतिलाई भेटे ? भन्ने सूचना पनि संकलन गरिरहेको बुझिएको छ। मोरङको बिराटनगरमा कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विद्यालाई सुटुक्क भेटेको कुराले पनि चर्चा पाइरहेको छ। कार्की मात्रै होइन धेरै नेताकार्यकर्ता विद्यालाई भेटेको र उनको समर्थनमा फेसबुकमा लेखेको निहुँमा समेत कारबाहीमा पर्ने खतरा बढेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...