टप एन्ड टी-२० को पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ ।

नेपाल एनटीसँग ४२ रनले पराजित भएको हो । एनटीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए भने गुल्शन झाले २६ रन बनाए । कप्तान रोहित पौडेलले २३ रन बनाए ।

एनटीका लागि म्याट हामोन्डले ३ विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले २-२ तथा हामिश मार्टिनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

एनटीका लागि कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै टम एन्ड्रयुजले अविजित ३२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमले ३२ रन दिएर २ विकेट तथा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १-१ विकेट लिए ।

नेपालले अब भोलि बंगलादेश ‘ए’ सँग खेल्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड लगानी

    नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ। फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको...

  • आजदेखी ‘तिहार’ सुरु

    काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण...

  • सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ

    मुस्ताङ । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो...