विद्यालाई अध्यक्ष मान्नुपरे राजनीति छाड्छु,घरमै बस्छु-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा पार्टी अध्यक्ष आफू बाहेक अरु आउँदा नस्विकार्ने चेतावनी दिएका छन् ।

नेकपा एमालेको नेतृत्व गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुँदै गरेको भन्ने प्रसङ्गमा यो कुरा बताएका हुन् । ओलीले  पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व (अध्यक्ष) पाउने कुनै सम्भावना नरहेको समेत दाबी गरे। पार्टी अध्यक्ष नपाएको अवस्थामा राजनीति छाडेर घरमै बस्ने तर,दोस्रो वरियता (सेकेन्डमेन) भएर पार्टीमा नबस्ने समेत चेतावनी दिए।

भण्डारीलाई राजनीति गर्न नदिने अडानमा अध्यक्ष ओली सहित केही नेता लागिरहेका छन् । सात बर्ष राष्ट्रपति, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु पूर्णतः गलत भएको ओली निकट एमाले नेताहरूको भनाइ छ। उनीहरुले विद्या भण्डारीको सदस्यता नवीकरण नभएको समेत दाबी गरेका छन् । यद्यपि ओली पक्षीय भनेर खुलेका महासचिव शंकर पोखरेलले भने भण्डारीको सदस्यता नवीकरण एक बर्ष अगाडि नै भैसकेको स्वीकार गरेका छन् ।

तर, अध्यक्ष ओलीले भने विद्याको सदस्यता नवीकरण गरिएकै छैन भन्दै आएका छन् । अध्यक्ष ओलीले भण्डारी एमाले अध्यक्ष बन्नै नसक्ने र बिधान महाधिवेशनमा समेत सहभागी हुने ग्यारेन्टी नभएको दाबी पनि गरेका छन् । आफू एमालेमा रहुन्जेलसम्म ‘फस्टम्यान’ अर्थात अध्यक्ष कै रूपमा रहने नत्र घरमै बस्ने पनि भन्दै आएका छन् । ओलीले आफू निकट नेताहरूसँग विद्यालाई रोक्न सुझाव दिँदै ‘सेकेन्डम्यान हुने अवस्था आयो भने छोडेर हिँड्छु’ तपाईंहरुलाई नै अफ्ट्यारो पर्ला समेत भनेको चर्चा पनि छ।

ओलीको यो चेतावनीपछि ओलीको उत्तराधिकारी भनिएका महासचिव शंकर पोख्रेल आक्रामक रुपमा विद्यालाई रोक्ने अभियानमा लागेको चर्चा पनि एमालेमा छ। उता, बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल,उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेताहरू कर्ण थापा,डोरमणी पौडेल लगायतले पूर्वराष्ट्रपति भण्डारीको एमालेमा ‘कम्ब्याक’ जरुरी छ भन्दै आएका छन् ।

एमालेले पार्टी विधानबाट ७० बर्षे उमेरहद र दुई कार्यकाल भन्दा बढी अध्यक्ष बन्न नपाइने व्यवस्था हटाउने तयारी गरेसँगै ओलीको लागि थप सहज परिस्थिति बनेको उनी निकट नेताको बुझाइ छ। स्वयं अध्यक्ष ओलीले समेत कसैको पनि बिधानमा उमेर नतोकेको भन्दै आएका छन् । कुनैबेला एमालेको बिधानमा केही लेखियो होला तर, अब हटिसक्यो भन्ने ओलीको तर्क छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...