एमाले बिधान महाधिवेशन भदौ २०-२२ हुने


काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले आगामी भदौ २०-२२ मा बिधान महाधिवेशन गर्ने भएको छ। पार्टी केन्द्रीय सचिवालयको ५३औं बैठकले यो निर्णय गरेको हो।

बैठकले पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोख्रेलले जानकारी दिए।

महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले तयार गर्ने, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पार्ने र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले तय गर्ने गरी जिम्मेवारी तोकिएको छ।

त्यसैगरी आगामी केन्द्रीय कमिटीको बैठकमा यी दस्तावेजहरु प्रस्तुत गरिने जनाइएको छ। त्यसकै लागि पार्टी पोलिटब्युरो बैठक साउन २ गते र केन्द्रीय कमिटी बैठक साउन ५ गते आह्वान गरिएको एमालेले जनाएको छ।

यस्तै बैठकमा समसामयिक राजनीतिक अवस्था,बर्तमान सरकारको कामकाज, निलम्बनमा परेका नेताको निलम्बन फुकुवा तथा आगामी कार्ययोजनाहरूलाई केन्द्रमा राख्दै विभिन्न निर्णयहरू गरेको छ।

अध्यक्ष ओलीले मुलुकको बदलिंदो परिस्थिति, पार्टीको रणनीतिक कार्यदिशा, सरकारको कार्यसम्पादन र बजेट सम्बन्धी संक्षिप्त जानकारी पनि बैठकमा प्रस्तुत गरेका थिए। सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक र प्रभावकारी ठहर गर्दै आर्थिक पुनःस्थापनादेखि जनविश्वास अभिवृद्धिसम्मका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको निष्कर्ष निकालेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...