भिजिट भिसा प्रकरण: पूर्व मुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन


काठमाडौं। गृहमन्त्री रमेश लेखक माथी आरोप लगाइएको भिजिट भिसा प्रकरणमा छानबिन समिति बनेको छ। प्रतिपक्षीदलको मागलाई सम्बोधन हुनेगरी मन्त्रीपरिषद बैठकले समिति गठन गरेको हो।

भिजिट भिषालाई देखाएर त्यसको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बिषय समेतलाई छानबिन गर्नेगरी सरकारले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको हो। यद्यपि यो समितिप्रती बिपक्षीदलहरूको प्रतिक्रिया आएको छैन। यही कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा लगायत दलले संसदमा बिरोध र बहिस्कार गर्दै आएका छन् ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे सरकारले धारणा सार्बजनिक नगरेपनी वैरागी नेतृत्वको समितिमा गृह मन्त्रालय, श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहने भनिएको छ। समितिलाई एक महिनाभित्र (३० दिन) आफ्नो प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

पछिल्ला केही वर्षदेखि भिजिट भिसाको दुरुपयोग गरी ठूलो संख्यामा नेपालीहरूलाई श्रम गन्तव्य मुलुकहरूमा पुर्‍याउने र अलपत्र पार्ने गरेको गुनासो व्यापक रूपमा उठ्दै आएको छ।

विशेषगरी खाडी मुलुक र मलेसियामा भिजिट भिसामा गएका धेरै नेपालीहरू अवैध रूपमा बस्न बाध्य भएका र विभिन्न किसिमका समस्या तथा शोषणमा परेका घटनाहरू सार्वजनिक भइरहेका छन्।

यस विषयलाई लिएर संसदमा प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत अन्य दलहरूले समेत सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामाको मागसमेत उठ्दै आएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...