झापामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्रका असईको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो।
४८ वर्षीय राजवंशी सशस्त्र प्रहरी बलको इलामस्थित बीओपी समालबुङ पोष्टमा कार्यरत रहेको जनाइएको छ ।
कार्यक्षेत्रतर्फ जाँदै गर्दा उनले चलाएको प्र.१–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका राजवंशीलाई तत्काल बिर्तामोडको बीएण्डसी अस्पताल लगिएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

