जन भेट्घाटका लागि गोरखा पुगे बाबुराम

फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा पुगेका छन् । हरेक महिना गृहजिल्ला जाने गरेका भट्टराईले तीन दिन जिल्लामै बिताउने छन् ।

गोरखा जानू अघि उनले सामाजिक संजालमा एउटा तस्वीर साझा गर्दै लेखेका थिए,-‘विनासकारी भूकम्पको लगत्तै पछि बारपाकको फेदी (बालुवा नजिक) मा भेटिएकी यी आमालाई पुन:भेट्ने अपेक्षासहित गोरखातिर लाग्दै!’

फोटो पत्रकार प्रकाशराज तिमिल्सिनाले खिचेको उक्त तस्बिर अहिले फोटो प्रदर्शनीमा समेत राखिएको छ। २०६४ साल देखि निरन्तर प्रत्येक महिना गृह जिल्ला गोरखा आउने-जाने जनबाचा अनुसार पूर्व प्रधानमन्त्री भट्टराई आइतबार गोरखा गएको नयाँ शक्ति पार्टीका नेता एवं कार्यालय मुख्यसचिव अर्जुन थपलियाले बताए।

थपलियाका अनुसार भट्टराई जेठ १३ गतेसम्म बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक र पालुङ्गटार पालिकाका विभिन्न क्षेत्रका जनताहरुसंग जनभेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...