मादी नदी पुलबाट जिप खस्दा तीनजनाको मृत्यु

तनहुँ । तनहुँको मादी नदी पुलबाट ५ यात्रु सवार जिप खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
शनिबार राति करिब पौने १२ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलको रेलिङ नै भत्काएर नदीमा खसेको हो ।
दुर्घटनामा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका तीनैजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेहरू दुवै जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका घाइतेलाई नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

