राजसंस्थाबारे देउवाले नसोचेको कुरा प्रचार गरियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे प्रस्ट पारेको छ ।

पार्टीले एक विज्ञप्तिमार्फत कांग्रेसले देउवाको भनाइका नाममा भ्रामक र कपोलकल्पितरूपमा प्रचारप्रसार गरिएको बताएको हो । केही दिन अघि देउवाको भनाइ भन्दै राजसंस्था बारे समाचार सार्बजनिक भएको थियो। त्यसमा देउवालाई राजसंस्था प्रती उदार र लचक देखाउन खोजिएको थियो।

त्यसको खन्डन गर्दै कांग्रेसले भनेको छ-“कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो।”

कांग्रेसले अगाडि भनेको छ, “जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।”

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...