बालुवाटारमा ओली-देउवा गोप्य !

काठमाडौं । अकस्मात बिरामी भएर संसद बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच गोप्य भेट भएको हो। प्रधानमन्त्री ओलीले आज संसदमा सांसदहरूसँग प्रश्नोत्तर गर्ने कार्यसूची भएपनी अन्तिम समयमा हटाइएको थियो। संसद जान नसक्ने भएर बसेका ओलीलाई भेट्न देउवा बालुवाटार पुगेको र उनीहरुबीच गोप्य भेटवार्ता चलेको स्रोतको भनाइ छ
प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब डेढ घण्टा छलफल भएको थियो। दुई नेताबीच हिजै मन्त्री परिषद बैठक अगाडी भेट्ने सहमति थियो। केही खटपट भएपछि नेताद्वयको भेट भएन । त्यसको प्रभावले मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।
खासगरी गभर्नर नियुक्तिको बिषयमा नेताहरू बीच मत बाझिएको छ। कांग्रेसले गभर्नर पाउने सहमति भएर पनि प्रधानमन्त्रीले दिन नचाहेको बुझाई कांग्रेस भित्र छ। पटकपटक गभर्नर सिफारिस समितिले नाम सिफार नगरी भंग हुने र प्रस्तावित नाममा समेत सहमति नहुने घटनालाई कांग्रेसले अब सामान्य रुपमा नलिने भनेको छ। गभर्नर नपाए गठबन्धन मै पनी समस्या आउन सक्ने अड्कल गरिएको छ।

