छोरीको बिहेअघी हुनेवाला ज्वाइँसँग सासू भागिन् !

आफ्नै छोरीले ९ दिनपछि बिहे गर्न लागेको हुनेवाला ज्वाइँलाई लिएर भारतको उत्तरप्रदेशस्थित अलीगढमा एक महिला भागेपछी घटना बाहिर आएको छ।

यो अचम्मको घटनामा ती महिला छोरीका लागि तय गरिएको भावी ज्वाइँसँग भाग्नुको कारण र उनीहरुको परिचय भने गोप्य राखिएको छ। छोरीको बिहे हुनु ९ दिनअघि उनी घरका गरहगना र नगद लिएर हुनेवाला ज्वाइँसँग गएकी हुन्।

परिवारका सदस्यको उजुरीका आधारमा प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।हिन्दुस्तानका अनुसार घटना अलीगढको मद्राक थाना क्षेत्रस्थित एउटा गाउँको हो।

गाउँका एक व्यक्तिले अलीगढको दादोन थाना क्षेत्रको एक गाउँका केटासँग आफ्नी छोरीको विवाह तय गरेका थिए। विवाहको मिति अप्रिल १६ का लागि तय भइसकेको थियो।

हुनेवाला ज्वाइँ र सासूबीच लगातार फोन कुराकानी
छोरीको बिहेको मिति तयपछि उनकी आमाले हुनेवाला ज्वाइँसँग फोनमा लगातार कुरा गर्न थालिन्। उनीहरूबीच कुराकानी हुन थाल्यो। गोप्य रूपमा फोन गर्न थाले।

यसैबीच गत आइतबार ज्वाइँ हुनेवाला केटा आफ्नो परिवारलाई विवाहका लुगा किन्न भनेर घरबाट निस्के। पछि बुवालाई फोन गरेर म हिँडे, अब मलाई नखोज्नू भने। यति भनेर उनले फोन काटिदिए।

केही दिनपछि बिहे गर्न लागेको छोराको यस्तो कुरा सुनेर बुबा बेचैन भए। तैपनि परिवारले उसलाई केही चिन्ता पर्‍यो कि भन्ने साच्यो।

तर साँझ परिसक्दा पनि उनी न घर फर्किए, न फोन सम्पर्क नै।

यसपछि उनका बुवाले छोराका भावी ससुरालाई फोन गरेर सोधे– छोरा त्यता आएको हो त?

तर जवाफमा केटीका बुवाले आफ्नी पत्नी (भावी सासू) पनि घरबाट बेपत्ता भएको बताए। अनि दराजमा रहेका सुनका गरगहना र करिब साढे दुई लाख रुपैयाँ पनि नरहेको उनले सुनाए।

अहिले त्यस क्षेत्रा यो घटनाको व्यापक चर्चा भइरहेको छ। मानिसहरू अचम्ममा परेका छन्- एउटी हुनेवाला सासू आफ्नै ज्वाइँलाई कसरी भाग्न सकेको!गोपनीयताका लागि होला- उनीहरूको परिचय भने समाचारमा खुलाइएको छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय