प्रकाश सपुतको चलचित्र ‘वसन्त’लाई उच्च शो

काठमाडौं। भोलि (शुक्रबार)देखि सार्वजनिक प्रदर्शनमा आउन लागेकाे गायक प्रकाश सपूत निर्देशित चलचित्र ‘वसन्त’ले देशभरका हलहरुमा सबै भन्दा बढी ‘शाे’ पाएकाे छ।

तीन अगावै अग्रिम टिकट बुकिङ खुला गरिएको चलचित्र वसन्तलाई मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उच्च ‘शाे’ दिएका छन् । तर, बिहिवार बेलुकी सम्म चलचित्रको टिकट भने बिकेको छैन।प्रायः हलमा बिहान ८ बजेदेखि नै ‘शाे’ राखिएको छ। अहिलेसम्म कुनैपनी हलमा उत्साहजनक टिकट बिक्री भएको देखिएको छैन। तर,चलचित्र चल्नेमा निर्माण पक्ष ढुक्क छ।

चलचित्र वसन्तलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यकामा मात्रै ३३ ‘शाे’ दिएको छ।यसैगरी उपत्यका बाहिर पनि जोड्दा देशभर ७१ ‘शाे’ उपलब्ध गराएको छ। साथै ‘वसन्त’लाई आईएनआई सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरेर १६ ‘शाे’दिएको छ।

त्यस्तै वान सिनेमाजले आईप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० ‘शाे’ दिएको छ। त्यस्तै ५ ‘शाे’ एफक्युबले , ५ ‘शाे’ बिग मुभिजले, ४ ‘शाे’बीएसआर सिनेमाजले दिएको छ।

सिनेमालाई अग्रिम टिकट बुकिङका क्रममा हलले उपलब्ध गराएको ‘शाे’ ट्रेन्ड हेर्दा सिनेमा शुक्रबार ४ सय हाराहारी ‘शाे’सहित प्रदर्शनमा आउने देखिन्छ। यद्यपि टिकट बिक्रि भने कुनैपनी हलमा सामान्य भन्दा बढी भएको देखिदैन ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा सोसल ड्रामा सिनेमाका कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेको वसन्तमा नायिका स्वस्तिमा खड्काले गाउँकि सोझी युवतीदेखि माओवादी कमान्डर सम्मको भूमिका निर्वाह गरेकी छन् । चलचित्रको गीत,टिजर र ट्रेलरलाई दर्शकले रुचाएका छन् । अब फिल्म कति रुचाउने हुन भोलि देखि थाहा हुनेछ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको वसन्तकाे निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्माता अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन्।

चलचित्रमा प्रकाश र स्वस्तिमा सहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे,खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय