उत्तरबाहिनीमा अन्नपूर्णको दन्त शिविर

काठमाडौं । काठमाडौंको उत्तरवाहिनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २० औं बार्षिकोत्सवको अवसरमा अन्नपूर्ण डेन्टल क्लिनिकको सहकार्यमा दन्त शिविर सम्पन्न गरेको छ।

अन्नपूर्ण डेन्ट्लकि डा.निकिता काफ्ले नेतृत्वको टिमले सहकारी संस्थाका सदस्य तथा उपस्थित नागरिकको दन्त परिक्षण गरेको थियो। डा. निकिता दुई बिषयमा गोल्डमेडलिष्ट डेन्टल सर्जन हुन् । उनको प्रत्येक्ष संलग्नतामा यसअघि पनि थुप्रैपटक दन्त परिक्षण शिविर संचालन हुँदै आएको छ।
डा.निकिता काफ्लेले अन्नपूर्ण मल्टिइस्पेसियालिटी डेन्टल सेन्टरबाट विभिन्न ठाँउ र समुदायमा ओरल हेल्थको चेतना जगाउदै आएकी छिन्।

उनको यो पछिल्लो कार्यक्रममा पनि ६० जना बिरामीले सेवा पाएका थिए। उनले आफ्नो समाजसेवालाई निरन्तरता दिरहने बताएकी थिइन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय