किन सेन्सर पास भएन चलचित्र ‘राजागंज’ ?

काठमाडौं । दिपक रौनियार निर्देशित पछिल्लो चलचित्र ‘राजागंज’ सेन्सर मै अड्किएको छ। आगामी शुक्रबार रिलिज हुने चलचित्र सेन्सर पास नभएपछि निर्माण पक्ष अफ्ट्यारोमा परेको छ।

स्रोतका अनुसार चलचित्रमा प्रयोग भएको ‘कुहिएको आँप’ शब्दका कारण सेन्सर पास नभएको हो। साथै चलचित्रमा पुर्व प्रधानमन्त्री र पुर्व प्रधानन्यायाधीशको अन्तरबार्ताको क्लिप पनि सेन्सरमा छलफल भएको छ। यद्यपि सेन्सरले कुन कुन कुरामा असहमति जनाएको भन्ने खुलेको छैन। तर, चलचित्र मंगलबार सेन्सर पास हुनुपर्ने थियो ।

निर्माण पक्षले चलचित्रमा सेन्सरले कैँची लगाउनुपर्ने कुनै दृश्य वा सम्वाद नभएको अडान राखेको तर, सेन्सरले ‘राजागंज’ को केही दृश्य र सम्बादमै प्रश्न उठाएको बुझिएको छ। स्रोतका अनुसार यदि चलचित्रमा प्रयोग भएका शब्द नहटाउने हो भने प्रधानमन्त्रीको पत्र लिएर आउन सुझाव दिएको समेत बुझिएको छ। सेन्सरले यस्तो सुझाव दिनुले चलचित्र शुक्रबार नै रिलिज हुने नहुने अन्यौल थपिएको छ।
२०७२ सालमा संविधान जारी गर्ने समय ताका मधेस आन्दोलन चर्किएको र सोही समयमा अपहरणमा परेका सभासद र प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा ‘राजागंज’ले भन्न खोजेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

भारतीय चलचित्रकर्मी अनुराग कश्यपको समेत लगानी रहेको भनिएको चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय