वुमन्स डे कप क्रिकेटमा आज नेपालले युगाण्डासँग खेल्दै

काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपालले आज घरेलु टोली युगाण्डासँग खेल्दैछ । खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । आजै अर्को खेलमा पौने ५ बजे हङकङ र नामिबिया खेल्ने छन् ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । युगाण्डाले हङकङलाई हराएको थियो ।

नेपालले यसपछि भोलि फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...