कमेडी दरबार विरुद्ध चर्चित टिकटकरको उजुरी

काठमाडौं । विक्की अग्रवाल र श्रद्धा प्रसाईं अग्रवालले संचालन गरिरहेको कमेडी शोमा प्रशारित बिषयलाई लिएर “कमेडी दरबार” विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ।

एक चर्चित टिकटकर महिला कलाकारले कमेडी दरबारको २६ औँ एपिसोडमा उठाइएको विषयवस्तु र केही कलाकारहरूको प्रस्तुतिलाई लिएर साइबर ब्युरोमा उजुरी दिएकी हुन्। उजुरीकर्ताको नाम उल्लेख नभएपनी उनको ब्यक्तिगत जीवनसँग मेलखाने गरि कार्यक्रम प्रशारण भएको थियो। ती टिकटकर सबैले चिन्ने भएपनी अहिले नाम गोप्य राख्ने भनिएकोले हामीले पनि खुलाएका छैनौं ।

उजुरीमा कार्यक्रम उत्पादन र प्रशारण गर्ने कम्पनी सहित प्रस्तोता र अतिथिलाई मात्रै होइन कार्यक्रम मै उपस्थित नभएकी एक गृहिणीलाई समेत मुछिएको छ। कमेडी दरबारका रोष्टर सुन्दर खनाल, त्यसदिन अतिथि बनेर पुगेका कलाकार सागर लम्साल ‘बले’, कार्यक्रम निर्देशक विक्की अग्रवाल, निर्माता श्रद्धा प्रसाई सहित सागरकि श्रीमती स्नेहा दंगालका साथमा बले निकटकी अर्कि एक कलाकार समेत मुछिएका छन्।

साइबर ब्युरोले उजुरी दर्ता भएपछि शुक्रबार नै सम्बन्धित सबै कलाकारहरूलाई फोन गरेर विवादबारे जानकारी लिने प्रयास गरेको र उनीहरूलाई आइतबार दिउँसो १ बजे सम्पर्कमा आउन अनुरोध गरेको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय