सरकारसँग १० बुँदे सहमतिसँगै डा. केसीको अनशन तोडियो

काठमाडौं, ८ असोज । डा. गोविन्द केसीले १३औं दिनमा अनशन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले सोही अस्पतालमा उपचाररत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् ।

सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थपन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ ।

त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ । त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निशुल्क गर्न सरकार तयार भएको छ ।

डा. केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद बैठकमा पेश गर्नेछ । अनशन तोड्दै डा‍. केसीले सहमति सात दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्‍ने चेतावनी दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...