२०८२ को दसैंमा अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’

काठमाडौं। डिसिएन संचालक एवं पुराना चलचित्र निर्देशक अशोक शर्माको नयाँ चलचित्र ‘डबल ट्रिपल’ पनि २०८२ को दसैंमा प्रदर्शन हुने भएको छ।
दसैंको फूलपातीको दिन रिलिज हुने लगभग पक्का भएको यो चलचित्रमा डबल मात्रै होइन ट्रीपल मज्जा हुने भनिएको छ ।चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल, रामप्रसाद खनाल, विल्सन विक्रम राई, उदय सुब्बा, सुरवीर पण्डित, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका लोकप्रिय कलाकारहरूको अभिनय रहनेछ ।
किरण शर्मा पौड्याल, कृति शर्मा, अङ्कित शर्माको निर्माण, अशोक शर्माको निर्देशनमा बन्न लागेको यो चलचित्रमा अशोक शर्मा र राजेश सिटौलाको कथा पटकथा, सम्भुजीत बास्कोटाको सङ्गीत रहने छ।
कलाकारहरू सहित अफिसियल एनाउन्समेन्ट गर्ने तयारी भइरहेको यो चलचित्र अब केही दिन पछि नै शुभ मुहूर्त गरेर छायाङ्कन गर्न थालिने बताइएको छ । यद्यपि छायांकन कहिले सुरु हुने र कहाँ गर्ने भन्ने पनि खुलाइएको छैन ।

