ल्होसारको शुभकामना दिन कांग्रेस सभापति बौद्धमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा शुभकामना सहित विभिन्न ब्यक्तिलाई सम्मान गरेका छन् ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा आयोजित २१५२ औं सिंङ मो डुल लो अर्थात ग्याल्पो ल्होसारको अवसरमा पुर्व प्रधानमन्त्री देउवा बौद्ध पुगेर शुभकामना दिएका हुन् ।
सभापति देउवासँगै प्रतिनिधि सभा सांसद एवं अर्थ समिति सभापति सन्तोष चालिसे,बागमती प्रदेशका संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी लगायत नेता पनि शेर्पा समुदायको ल्होसारमा सहभागी थिए।


