माओवादीले जितेका पालिका उत्कृष्ट भनेर चिनाउनुपर्छ : प्रचण्ड

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  माओवादी पार्टीले नेतृत्व गरेका स्थानीय सरकार टाढैबाट चिनिने गरि नमूना बनाउनुपर्ने बताएका छन् ।

माओवादी केन्द्रबाट जितेका १२३ पालिकाका प्रमुख र उपप्रमुख सहित प्रदेश नेताहरू सहभागी भएको ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको आज काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको समेत बताए।उनले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्नेमा जोड दिए।’स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको छ’-उनले भने।

अध्यक्ष प्रचण्डले समाजवादको सैद्धान्तिक बहसलाई स्थानीय तहबाटै व्यवहारिक रुपमा निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको पनि जानकारी दिए । एकातिर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र अर्कोतिर विभिन्न अभियानमार्फत जनतालाई अपिल गर्ने पार्टी निर्णय कार्यान्वयन सुरु भएको उल्लेख गर्दै उनले यसको मर्मलाई आत्मसात गरेर अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गरे ।

आइतबारसम्म चल्ने दुई दिने अभिमुखिकरण कार्यक्रममा केन्द्रिय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ। कार्यक्रममा बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपमहासचिवहरु जनार्दन शर्मा,बर्षामान पुन, शक्ति बस्नेत सहित गिरिराज मणि पोख्रेल,हितमान शाक्य,हरिबोल गजुरेल,दिननाथ शर्मा लगायत सातवटै प्रदेश इन्चार्ज र माओवादीले जितेका पालिका प्रमुख उपप्रमुख पनि सहभागी छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय