दुईजनाको हत्या गरेपछि भाग्दै गर्दा भीरबाट खसेर मृत्यु…

रूकुम पूर्व । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ । हत्या गर्ने व्यक्ति आफैंले पनि भीरबाट खसेर ज्यान गुमाएका छन् ।

मंगलबार दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाका समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको थियो । समीर र ढाँटी नाति र हजुरआमा हुन् ।

सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ ।

हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेका चन्द्रसिंहको शव सोही वडाको खुलखुले खोलामा फेला परेको थियो । चन्द्रसिंहले भिरबाट हामफालेर आत्महत्या गरेको पनि अनुमान गरिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय