आहा ! रारा पोखरा गोल्डकपमा आज अन्तिम क्‍वाटरफाइनल खेल हुँदै

पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

दुवै टोली पहिलो पटक आहारारा पोखरा गोल्डकप खेल्दैछन् । सिक्किमको थण्डबरबोल्ट युनाइटेडले पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो ।

उता उज्बेकिस्तानको ब्लाक बुल्स एफसीले भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यो खेलको विजेताले सेमिफाइनलमा नेपालको ए डिभिजन क्लब थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

सोनाम जाङ्गपो भुटियाको कप्तानीमा रहेको थण्डरबोल्ट युनाइटेडका भारतको विभिन्न लिग खेलेका खेलाडीहरु समावेश छन् । यस्तै नेपाली खेलाड सुरज ज्यु ठकुरी पनि थण्डरबोल्टबाट खेल्दैछन् ।

उता उज्वेकिस्तानी क्लबमा पनि नेपालमा आएर खेलिसकेका खेलाडी छन् । पछिल्लो पटक ए डिभिजन लिगमा खेलेका साइदजमोल यस पटक आहरारा पोखरा गोल्डकप खेल्दैछन् । यस्तै जावलाखेलबाट ए डिभिजन लिग खेलेका अब्दुलाजिज ब्ल्याक बुल्सको प्रशिक्षकको भूमिकामा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...