नेसपा (नयाँ शक्ति) पार्टी अध्यक्षमा नेत्रको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रिय अध्यक्षका लागि नेत्र चापागाईंले उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबारदेखि काठमाडौंमा जारी प्रथम महाधिवेशनमा नेत्रले सोमबार राती उम्मेदवारी दर्ता गराएका हुन् ।  नेत्रसँगै पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ। ७० बर्षका भट्टराई र ३५ बर्षका नेत्रबिच नेतृत्वको लागि प्रतिस्पर्धा हुँदा १ हजार ५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिले प्रत्येक्ष मतदानबाट अध्यक्ष चुन्ने छन् ।

बाबुराम भट्टराईले २०७३ जेठ ३० मा नयाँ शक्ति पार्टी घोषणा पछि अध्यक्ष वा संयोजक भएर पार्टीको नेतृत्व गर्दै आएका छन् । नेत्र भने नयाँ शक्तिको संस्थापक हुँदै विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन् । नेत्र यसअघि नयाँ शक्ति विद्यार्थी युनियनको केन्द्रिय अध्यक्ष थिए। उनी अध्यक्ष हुँदा शिक्षा सुधारका लागि एक्लै ७ प्रदेशमा उभिएर सरकारको ध्यानाकर्षण गराउन सफल भएका थिए। उनले आफ्नो उम्मेदवारी भट्टराईका विरुद्ध वा प्रतिस्पर्धाका लागि नभै भट्टराईलाई सम्मान गर्दै युवाले नेतृत्व लिनका लागि भएको बताए।

संयोगनै मान्नुपर्छ अध्यक्षका दुबै प्रत्याशी गण्डकी प्रदेशका हुन् । बाबुराम गोर्खा पालुङटार-१ का हुन भने नेत्र कास्की अन्नपूर्ण गाउँपालिका लुम्लेका हुन् । मंगलबार मतदान र मतपरिणाम पछि महाधिवेशन समापन हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय