ऋषि धमला चलचित्र ‘आउट ल दफा: २१९’ मा देखिने

काठमाडौं। पत्रकार ऋषि धमला पनि अब चलचित्रमा देखिने भएका छन् । धमला पत्नी एलिजा गौतमले चलचित्र र म्युजिक भिडियोमा अभिनयसँगै चलचित्र निर्माण समेत गरेकी छन् भने धमला पनि अब पर्दामा देखिने छन् ।

रेट्रो ग्रुपको व्यानरमा निर्माण भएको चलचित्र ‘द आउट ल दफा: २१९’ मा उनी टेलिभिजनकर्मी कै रुपमा देखिने निर्माण टिमले बताएको छ। हाल स्वराङ्कन (डबिङ) भइरहेको चलचित्रमा  धमलाले समेत आफ्नो भूमिका रहेको दृश्यको स्वाराङ्कन गराएको जानकारी दिए ।

चलचित्रमा पत्रकारको भूमिकामा रहेका धमलाले आफ्नै चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’को प्रस्तोताको रूपमा अभिनय गरेका छन् । यसमा अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका रहेको छ। चलचित्रमा धमलाको पनि उपस्थिति रहेको निर्माण कम्पनीले पुष्टि गरेको हो ।

शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म पूर्ण एक्सन-थ्रिलर जनरामा निर्माण गरिएको छ । यो चलचित्रलाई अशोक शर्माको डीसीएनले वितरण गर्दै छ ।

स्याडो पिक्चर्स तथा रेट्रो फिल्मसको ब्यानरमा निर्माण भएको यस चलचित्रको एउटा सिनका लागि मात्रै ४० लाख रुपैयाँ खर्च गरेर सुटिङ गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय