वेस्टह्याम विरूद्ध चेल्सीको पुनरागमन जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्टह्यामविरुद्ध पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले वेस्टह्याम युनाइटेडलाई २-१ गोलअन्तरले हराएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा जारोर्ड बोवेनले ४२औं मिनेटमा गोल गर्द वेस्टह्यामलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्यो ।
६४औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको दश मिनेटपछि वेस्टह्यामका आरोन वान बिसाकाले आत्मघाती गोल गर्दा चेल्सीले २-१ को अग्रता बनायो र त्यही अग्रता कायम राख्दै ३ अंक जोड्न सफल भयो ।
जितपछि २४ खेलबाट ४३ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ । वेष्टहम २४ खेलबाट २७ अंकसहित १५औं स्थानमा छ ।

